Kathmandu Press

११औं प्रधान सेनापति खुल्ला म्याराथन दौड सम्पन्न

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश: एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।
११औं प्रधान सेनापति खुल्ला म्याराथन दौड सम्पन्न

काठमाडौँ, माघ २४ : ११औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ समापन भएको छ।

शनिबार नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे।

२६३ औं सेना दिवसको अवसरमा नेपाली सेनाले ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो।

Hardik ivf

 

photo-5_2b9cd655-1770451450.jpg

प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन भएको थियो । म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश: एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना भयो।

photo-14_3e8f1104-1770451452.jpg

पाँच किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे।

दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिने छ ।

प्रकाशित मिति: १३:५० बजे, शनिबार, माघ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्