Kathmandu Press

सीमा सुरक्षा बैठकमै बेहोस भएका सशस्त्रका एसपी घिमिरेकाे उपचारको क्रममा निधन

नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।
सीमा सुरक्षा बैठकमै बेहोस भएका सशस्त्रका एसपी घिमिरेकाे उपचारको क्रममा निधन

मोरङ, माघ २४ : मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।

नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।

Hardik ivf

बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल ९विराट मेडिकल कलेज० पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार सुरक्षा बैठककै क्रममा ढलेका उनको उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको हो।

एसपी घिमिरे सशस्त्र प्रहरी बल नम्बर ३ वाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भइसकेका थिए र शनिबार त्यता जाने तयारीमा रहेका थिए । तर मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।

प्रकाशित मिति: १०:५१ बजे, शनिबार, माघ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्