Kathmandu Press

विश्वभर ५२ लाखमा कोरोनाको संक्रमण, मृतको संख्या ३ लाख ३८ हजार नाघ्यो

काठमाडौं, जेठ १० : कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३ लाख ३८ हजार १ सय ४२ जनाको निधन भएको छ। 

जोन हकिन्स विश्वविद्यालयको शनिबार बि....

विश्वभर ५२ लाखमा कोरोनाको संक्रमण, मृतको संख्या ३ लाख ३८ हजार नाघ्यो

काठमाडौं, जेठ १० : कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३ लाख ३८ हजार १ सय ४२ जनाको निधन भएको छ। 

जोन हकिन्स विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ५२ लाख १० हजार ६५ जनाको कोरोना संक्रमणको पुष्टि भएको छ। विश्वमा सबैभन्दा धेरै अमेरिकामा १६ लाखमा कोरोना संक्रमण भएको छ भने ९५ हजा। ९ सय ७२ जनाको निधन भएको छ । 

त्यस्तै, दोस्रो धेरै संक्रमण हुने मुलुकमा ब्राजिल रहेको छ । ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९० जना संक्रमित भएका छन् । त्यस्तैगरी रसियामा ३ लाख २६ हजार ४ सय ४४ जना कोरोना संक्रमित भएका छन् । 

बेलायतमा २ लाख ५५ हजार ५ सय ४४, स्पेनमा २ लाख ३४ हजार ८ सय २४, इटालीमा २ लाख २८ हजार ६ सय ६५ र फ्रान्समा १ लाख ८२ हजार १५ जनामा कोरोना संक्रमण भएको छ। 

प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, जेठ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्