Kathmandu Press

चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने

‘कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने

काठमाडौं, माघ २३ : राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएको छ।

शुक्रबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति रास्वपा अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका हुन्।

‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले रास्वपा अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,’ उनले भने।

Hardik ivf

पार्टीले उक्त घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कानुनी प्रक्रियामार्फत पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ। साथै, पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट पहल भइरहेको जानकारी पनि दिइएको छ।

‘कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

आगामी दिनमा यस्ता दुःखद् घटनाहरू दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई कडा निर्देशन जारी गरिएको रास्वपाले जनाएको छ। 

सुरक्षा संवेदनशीलतालाई सर्वोच्च प्राथमिकतामा राख्न सबैलाई आग्रह समेत गरिएको छ।

रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो। बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्