Kathmandu Press

शेरबहादुर देउवाको विरासत उचो हुनेगरि काम गर्छु : नैनसिंह महर

महरले डडेलधुरा मात्र नभइ आफू सुदूरको समृ्द्धिका लागि कटिबद्ध भएर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले डडेलधुरा प्रचुर सम्भावना बोकेको जिल्ला भएको स्मरणसमेत गरेका छन्।
शेरबहादुर देउवाको विरासत उचो हुनेगरि काम गर्छु : नैनसिंह महर

काठमाडौं, माघ २२ : नेपाली कांग्रेस डडेलधुरा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनी आफ्ना चुनावी एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्ने गरेका छन्।

महरले घरदैलोका क्रममा आफूले पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको विरासतलाई उचो हुनेगरि काम गर्ने प्रतिवद्धतासमेत जनाउने गरेका छन्।

‘डडेलधुरा देवभूमि हो। यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रद्धेय नेता शेरबहादुर देउवाको अतुलनीय भूमिका छ। म उहाँको उत्ताराधिकारी बनेर आएको छु। उहाँका बाँकी सपना र योजना पूरा गर्न तपाईंहरूको अमूल्य मत पाउनेमा म विश्वस्त छु,’ उनले भने।

Hardik ivf

महरले डडेलधुरा मात्र नभइ आफू सुदूरको समृ्द्धिका लागि कटिबद्ध भएर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले डडेलधुरा प्रचुर सम्भावना बोकेको जिल्ला भएको स्मरणसमेत गरेका छन्।

पर्शुराम र आलिताल जस्ता धार्मिक र एतिहासिक स्थलको प्रवद्र्धन गर्नसके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरेका छन्।
नवदुर्गादेखि गन्यापधुरासम्मको धार्मिक पर्यटकको विकासमा आफूले विशेष जोड दिने उनले प्रतिवद्धता जनाएका छन्। 

‘यस जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको वृत्ति विकास गरेर युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याउने मेरो अभिष्ट छ,’ उनले भने।

उनले जनताले आफूलाई दिइरहेको आशीर्वाद र सुझावसहितका प्रतिक्रियाले थप जिम्मेवार बन्न प्रेरित गरिरहेको बताएका छन् । डडेलधुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो।

यसपटक महरसँग चुनावी प्रतिस्पर्धामा नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल रहेका छन्। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तारा जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत चुनावी मैदानमा छन्। यस्तै, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन उम्मेदवार छन्।

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्