Kathmandu Press

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो।
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, माघ २१ : नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।

क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो।

Hardik ivf

साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनमार्फत खेलाडीहरुलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यसैगरि राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेताले निजी क्षेत्रबाट प्राप्त जस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा गहत्वपूर्ण योगदान पुग्ने बताएका छन्। 

सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास व्यक्त गरिएको छ।
 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, माघ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्