Kathmandu Press

वीरगञ्ज महानगरपालिका १६ का वडा अध्यक्षसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका १६ का वडाअध्यक्ष श्यामबाबु प्रसाद चौरसियासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्....

वीरगञ्ज महानगरपालिका १६ का वडा अध्यक्षसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो

काठमाडौं, जेठ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका १६ का वडाअध्यक्ष श्यामबाबु प्रसाद चौरसियासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले सोही वडाका जहराती मिया धुनियाको जग्गामा गलत बाटो सिफारिस गरेर राजस्व छली गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको थियो। मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७४/०७५ मा भएको जग्गाको न्यूनतम मूल्यांकन  पुस्तिकाबमोजिम प्रतिकठ्ठा ६० लाख रुपैयाँ हुनुपर्नेमा धुनियाले ग्यान्ती देवीलाई ०७४ साल चैत १९ मा ११ धुर बेचेका थिए। उक्त जग्गाको न्यूनतम मूल्यांकन ३३ लाख रुपैयाँ हुनुपर्ने थियो तर, उनले गलत घरबाटो सिफारिस गरी १५ फीटको ग्राबेल बाटो देखाएर २५ लाख ३० हजार रुपैयाँ बराबरको थैली रकम कम राखेको पाइएको अख्तियरले जनाएको छ। 

थैली रकम कम राखेको कारण उक्त जग्गाको रजिष्ट्रेशन दस्तुर ९४ हजार आठ सय ७५ रुपैयाँ र पुँजीगत लाभकर साढे ८२ हजार रुपैयाँ गरी एक लाख ७७ हजार ३ सय ७५ रुपैयाँ गुमेको थियो। यसरी राजस्वमा हानी पुर्‍याएको, गलत लिखत तयार गरेको र गैरकानूनी लाभहानी पुर्‍याउने कार्य गरेको भन्दै अख्तियार विशेष अदालत काठमाडौंमा उनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

वडाध्यक्ष चौरसियाले २८ फीटको पीच बाटो सिफारिस गर्नुपर्नेमा बदनियतपूर्वक १५ फीटको ग्राबेल बाटो उल्लेख गरेको, जग्गाधनी धुनियाले राजस्व छली गरेको र जग्गा किन्ने ग्यान्ती देवी पनि यस घटनामा संलग्न देखिएको भन्दै अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १९:०५ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्