Kathmandu Press

बैतडीका थुनुवामा कोरोना संक्रमण

काठमाडौं, जेठ ९ : जिल्ला प्रहरी कार्यालय बैतडीका थुनुवामा कोरोना संक्रमण देखिएको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बैतडी शिवनाथ–१ का प....

बैतडीका थुनुवामा कोरोना संक्रमण

काठमाडौं, जेठ ९ : जिल्ला प्रहरी कार्यालय बैतडीका थुनुवामा कोरोना संक्रमण देखिएको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बैतडी शिवनाथ–१ का पुरुषमा शुक्रबार कोरोना संक्रमण भएको पुुष्टि भएको हो।

शुक्रबार थप २० जनामा देखिएको संक्रमण मध्ये एक जना थुनुवा रहेको पाइएको हो।

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।

वैशाख १५ गते पक्राउ परेका व्यक्तिमा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जर्नाको छ। उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्