Kathmandu Press

नेपालले चेन्नईमा यूएईसँग पहिलो अभ्यास खेल खेल्दै

नेपालले पहिलो अभ्यास खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। 
नेपालले चेन्नईमा यूएईसँग पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं, माघ २० : आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वामअप’ खेल खेल्दै खेल्नेछ।।

नेपालले पहिलो अभ्यास खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। 

Hardik ivf

नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ।

नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ भने यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिनेछ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्