Kathmandu Press

हिमालयन हाइडअवे रिसोर्ट पोखराले भ्यालेन्टाइन विशेष लक्जरी प्याकेज सार्वजनिक

थाइल्याण्डको चर्चित होटल चेन ‘द सेन्टारा कलेक्सन’अन्तर्गत सञ्चालनमा आएको उक्त रिसोर्टले फेब्रुअरी १३ देखि १५ सम्म लागू हुने गरी प्रतिजोडी प्रतिरात २७ हजार रुपैयाँ नेट दरमा विशेष प्याकेज उपलब्ध गराएको जनाएको छ।
हिमालयन हाइडअवे रिसोर्ट पोखराले भ्यालेन्टाइन विशेष लक्जरी प्याकेज सार्वजनिक

काठमाडौं, माघ २० : पोखराको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको हिमालयन हाइडअवे रिसोर्ट पोखराले भ्यालेन्टाइन दिवस अवसरमा विशेष रोम्यान्टिक प्याकेज सार्वजनिक गरेको छ।

थाइल्याण्डको चर्चित होटल चेन ‘द सेन्टारा कलेक्सन’अन्तर्गत सञ्चालनमा आएको उक्त रिसोर्टले फेब्रुअरी १३ देखि १५ सम्म लागू हुने गरी प्रतिजोडी प्रतिरात २७ हजार रुपैयाँ नेट दरमा विशेष प्याकेज उपलब्ध गराएको जनाएको छ।

Hardik ivf

प्याकेजअन्तर्गत निजी बगैँचासहितको डिलक्स कोठा, भ्यालेन्टाइन विशेष टर्नडाउन डेकोर, हिमालयन सूर्योदय नास्ता, आगोको खाडल नजिक वाइनसहित क्यान्डललाइट डिनर तथा सेनसे बाइ स्पा सेनभारेमा कपल मसाजमा १५ प्रतिशत छुट समावेश गरिएको छ।

कास्कीकोटमा अवस्थित हिमालयन हाइडअवे रिसोर्ट पोखरा सहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको छ। रिसोर्टबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ भने फेवातालमाथि उड्ने प्याराग्लाइडिङ दृश्य पनि नजिकबाट देख्न सकिन्छ।

रिसोर्टमा स्वीट र भिल्लासहित कुल ४२ वटा कोठा रहेका छन्, जसमा निजी बगैँचा र फराकिला बाल्कोनी सुविधा उपलब्ध छ। साथै २४ घण्टा सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवाहरू पनि उपलब्ध छन्।

कम्पनीका अनुसार रिसोर्ट सामाजिक उद्यम अवधारणामा आधारित परियोजना हो, जसले स्थानीय रोजगारी सिर्जना, सीप विकास तथा समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। रिसोर्ट सञ्चालनमा आएपछि पोखरालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी, वेलनेस तथा साहसिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

भ्यालेन्टाइन प्याकेजका लागि पाहुनाहरूले रिसोर्टको सामाजिक सन्जाल सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति: ०६:५५ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्