Kathmandu Press

भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो : सुनिल केसी

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक्ने लाभ र चुनौती विषयक अन्तरक्रियामा केसीले १५० मुलुकसँग व्यापारिक सम्बन्ध नेपालको रहेपनि भारत अझ नेपालका लागि ठूलो व्यापारिक मुलुक भएको बताएका हुन्।
भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो : सुनिल केसी

काठमाडौं, माघ १९ : नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्रीका अध्यक्ष सुनिल केसीले नेपालको निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक्ने लाभ र चुनौती विषयक अन्तरक्रियामा केसीले १५० मुलुकसँग व्यापारिक सम्बन्ध नेपालको रहेपनि भारत अझ नेपालका लागि ठूलो व्यापारिक मुलुक भएको बताएका हुन्।

Hardik ivf

‘निर्यात व्यापारमा नेपालको विश्वका करिब १५० मुलुकसँग व्यापारिक सम्बन्ध छ। तर निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक हो,’ उनले भने, ‘भारतको उत्पादन विस्तार र आधुनिकता दुवै देशका लागि अवसर र चुनौती हुन्, बजेटमा भएका व्यवस्थाले नेपालमा उत्पादन भएका वस्तुको आपूर्ति र जनशक्तिका लागि अवसरका ढोका खोल्नेमा हाम्रो विश्वास छ।’

उनले भारत सरकारले आर्थिक वर्ष २०२६–२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखे। 

भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले नेपालका निर्यात उद्योग थप स्थिर र विस्तार हुने बताए । उनले बजेटका कारण नेपालमा उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पर्ने बताए।

प्रकाशित मिति: १८:४६ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्