Kathmandu Press

यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा

‘स्थायीत्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार हो। हामी अहिले रुपान्तरित भएर आएका छौं। मलाई लाग्छ कांग्रेस पार्टी अहिलेको समयमा सबैभन्दा नयाँ पार्टी हो। नयाँ पार्टी भएर आएको छ,’ उनले भने।
यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा

काठमाडौं, माघ १९ : नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार भएको भन्दै अहिले कांग्रेस रुपान्तरित भई नयाँ पार्टी बनेर आएको दाबी गरेका हुन्।

Hardik ivf

‘स्थायीत्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार हो। हामी अहिले रुपान्तरित भएर आएका छौं। मलाई लाग्छ कांग्रेस पार्टी अहिलेको समयमा सबैभन्दा नयाँ पार्टी हो। नयाँ पार्टी भएर आएको छ,’ उनले भने।

त्यस्तै उनले ‘पार्टी बदल्यौं। अब देशको रेखा कोर्छौं, देश बदल्छौं’ भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्र मध्य १०६ क्षेत्रमा नयाँ उम्मेदवार लिएर मौदानमा उत्रिएको बताए। अबको दिनमा आर्थिक प्राप्ति बिना देश समृद्धको बाटोमा नहिड्ने बताउँदै उनले त्यसको लागि स्थायित्व चाहिन्ने र त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिने दाबी गरे।

‘पार्टी त बदल्यौं अब देशको रेखा कोर्छौं देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्रमा १०६ क्षेत्र नयाँ उम्मेदवार लिएर मौदानमा आएको छौं। सबैभन्दा नयाँ पार्टी बनेको छ। अबको दिनमा आर्थिक प्राप्ती बिना देश समृद्धको बाटोमा हिड्दैन त्यसको लागि स्थायीत्व चाहिन्छ। त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिनेछ,’उनले भने।

उनले जनतामाझ जाने आफ्नो पहिलो अवसर भएको बताउँदै चुनाव जिते या हारे पनि सँधै जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्