Kathmandu Press

सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ : उपकुलपति अर्याल

‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ। यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ।’
सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ : उपकुलपति अर्याल

काठमाडाैं , माघ १९ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन्।

पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारणसम्बन्धी विषय सिनेटबाट पारित भइसकेको जानकारी दिए।

Hardik ivf

‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ। यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ।’

उनले कलेज नवीकरणसम्बन्धी समस्याबारे पनि स्पष्ट धारणा राखे। क्याम्पसहरूले नवीकरणका क्रममा भोग्दै आएका अप्ठ्याराहरू समाधान गर्न विश्वविद्यालय तयार रहेको उल्लेख गर्दै उनले भने, ‘कलेज नवीकरणमा जे जस्ता समस्या छन्, सोझै मसँग वा सम्बन्धित प्रशासनिक निकायसँग सम्पर्क गर्न सक्नुहुन्छ। झन्झटमुक्त ढंगले क्याम्पस नवीकरण गर्ने प्रक्रिया हामी सुरु गर्नेछौं ।’

उपकुलपति अर्यालले पशुपति बहुमुखी क्याम्पसलाई शैक्षिक केन्द्रका रूपमा मात्र नभई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नसमेत आग्रह गरे।

‘पशुपति क्याम्पसलाई केवल क्याम्पसको रूपमा नभई ‘पशुपति क्याम्पस तथा अनुसन्धान केन्द्र’का रूपमा विकास गर्न अनुरोध गर्दछु,’ उनले भने।

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्