Kathmandu Press

एकमहिने माधवनारायण मेला  सम्पन्न

मेलामा महिला तथा परुष व्रतालुले त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएकामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा व्रतालुले स्नान गरी सूर्यलाई जलार्पण गरी माधवनारायणको पूजा एवं होमयज्ञादी गरी मेला सम्पन्न भएको पुजारी सरोजन शर्माले बताए। 
एकमहिने माधवनारायण मेला  सम्पन्न

भक्तपुर, माघ १८ : हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ। 

नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला आज सम्पन्न भएको हो।

Hardik ivf

मेलामा महिला तथा परुष व्रतालुले त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएकामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा व्रतालुले स्नान गरी सूर्यलाई जलार्पण गरी माधवनारायणको पूजा एवं होमयज्ञादी गरी मेला सम्पन्न भएको पुजारी सरोजन शर्माले बताए। 

साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको भन्दै उनले तत्कालन राजा रणजित मल्ल आफैं उपस्थित भएर व्रत प्रारम्भ गराएको शिलालेखमा रहेको जानकारी दिए। माधवनारायणको व्रत बस्ने व्यक्तिले त्रिवेणी कुण्डमा दैनिक नित्य पूजा तथा माधवनारायण एवं श्रीस्वस्थानीको कथा वाचन गर्ने गरेका थिए। 

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको जानकारी दिए।

भक्तपुर नगरपालिकाभित्रका सबै ढल मिसिएर दुर्गन्धित बनेको हनुमानघाटको उक्त हनुमन्ते खोलामा मेला सञ्चालनका लागि नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्न खाल्डो बनाइएको र त्यही खाल्डोमा राति बग्ने पानी तथा इनारको पानी राखी स्नानका लागि व्यवस्था गरिएको थियो।
 

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, माघ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्