Kathmandu Press

पत्रकार दिनेश सिटौलाको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए। 
पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं, माघ १८ : पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ। ब्रेन ह्यामरेज भएका उनको आइतबार निधन भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए। 

Hardik ivf

अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज मृत घोषणा गरेका हुन्। 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ। 

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, माघ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्