Kathmandu Press

१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।
१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं, माघ १८ : फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

Hardik ivf

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 

नमुना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ। समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ। 

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, माघ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्