बाँकेमा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ ९ : बाँकेमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक....

काठमाडौं, जेठ ९ : बाँकेमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
बाँकेको नरैनापुर गाउँपालिकाका १३ र राप्ती सोनारी गाउँपालिकाका एक जना पुरुष गरी १४ जनामा कोरोनाको संक्रमण भेटिएको डा. देवकोटाले बताए। उनका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेर समूहका पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ। तीमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











