'सिर्जनशील रन २०८२' सम्पन्न, उपाधि केन्याका जुलियफ र नृपालाई
मोरङको सुन्दर हरैँचा नगारपालिका-३ लोचनीमा रहेको सिर्जनशील युवा क्लबले आयोजना गरेको 'सिर्जनशील रन २०८२'काे १० किलोमिटरतर्फ जुलियफ प्रथम हुँदा रमेश लिम्बू दोस्रो र तेन्जिन शेर्पा तेस्रो भए।
मोरङ, माघ १७ : प्रथम 'सिर्जनशील रन २०८२'को उपाधि केन्याका धावन जुलियफ र नृपा बस्नेतले जितका छन्।
मोरङको सुन्दर हरैँचा नगारपालिका ३ लोचनीमा रहेको सिर्जनशील युवा क्लबले आयोजना गरेको 'सिर्जनशील रन २०८२'काे १० किलोमिटरतर्फ जुलियफ प्रथम हुँदा रमेश लिम्बू दोस्रो र तेन्जिन शेर्पा तेस्रो भए।
१० किलोमिटरकै महिलातर्फ नृपा प्रमथ हुँदा यदिका देवान दोस्रो र रुदिना महतरा तस्रो भए। उनीहरुले क्रमशः १७ हजार, ९ हजार र ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
यस्तै, ५ किलोमिटर भेट्रानको पुरुषतर्फ अभिनायरण अधिकारी, रेशम लिम्बू र विजयकुमार राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ कुसुम लिम्बू प्रथम, कौशिला तामाङ दोस्रो र कुमारी खतिवडा तेस्रो भए। उनीहरुले १० हजार, ५ हजार ५ सय र ३ हजार रुपैयाँ प्राप्त गरे।

५ किलोमिटर यू-१६को पुरुषतर्फ सामयन लिम्बूले प्रथम स्थान हात पर्दा नवराज खड्का दोस्रो र रोहनकुमार माझी तेस्रो भए। महिलातर्फ मदिरा महतरा पहिलो, सपना शर्मा दोस्रो र अनिशा कार्की तेस्रो भए। उनीहरुले पनि क्रमशः १० हजार, ५ हजार ५ सय र ३ हजार रुपैयाँसँगै मेडल प्राप्त गरे।
३ किलोमिटर यू-१२ दौडमा पुरुषतर्फ प्रिन्स चौधरी प्रथम भए भने रेहान बिक दोस्रो र अब्राज मन्सुरी तेस्रो बने। यस्तै, महिलातर्फ रेश्मा दर्जी, दिपीका गुरुङ र श्रुती चौथरी क्रमशः पहिलो, दोस्रो र तेस्रो बने। उनीहरुले क्रमशः ७ हजार, ३ हजार ५ सय र २ हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी, ३ सय मिटर ह्विलचेयर दौडमा विष्णुकान्त चौधरी प्रथम, सञ्जिव लिम्बू दोस्रो र राजन बराइली तेस्रो बने। उनीहरुले क्रमशः ७ हजार, ३ हजार ५ सय र २ हजार रुपैयाँ प्राप्त गरे।
सिर्जनशील युवा क्लबको प्रागणबाट सुरु भएकाे दाैड घेरामुनी, सुधार केन्द्र, त्रियुगा, सगरमाथा स्कुल, लक्ष्मी नारायण मन्दिर, मकालु स्कुल हुँदै पुनः क्लबमै आएर सकिएको 'सिर्जनशील रन २०८२' का संयोजक प्रशान्तविक्रम थापाले जानकारी दिए। रनमा ५ सय बढीको सहभागीता रहेको उनले बताए। उनले सिर्जनशील रनलाई भव्इरुपमा सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।

विजेताहरुलाई मोरङ जिल्ला समन्वय समीतिका अजम्बर राई, सुन्दर हरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं, वडा नंं. ३का वडाध्यक्ष विदुरप्रसाद ढुंगाना लगायतले पुस्कार प्रदान गरेका थिए।



















