नेपाल टेलिभिजनको प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनुपर्छ : उपराष्ट्रपति
‘आजको डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ। नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनु आवश्यक छ,’ उनले भने।
काठमाडौं, माघ १७ : उपराष्ट्रपति रामसहाय यादवले नेपाल टेलिभिजनले नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सव कार्यक्रममा उनले डिजिटल युगमा प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको भन्दै नयाँ प्रवृत्ति र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले प्रभावकारीता बढाउनुपर्ने बताए।
‘आजको डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ। नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनु आवश्यक छ,’ उनले भने।
उनले परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होइन्, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि भएको बताए।
‘परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होईन्, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्याउने अवसर पनि हो,’ उनले भने।
सरकारी सञ्चार माध्यमहरुको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरुको संरक्षण गर्ने पनि रहेको उनको भनाई छ।



-1769861973.jpg)





-1769861973.jpg)


