कांग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढिरहेको छ : सभापति थापा
‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली कांग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ। त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला,’ उनले भने।
धनुषा, माघ १६ : नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढिरहेको बताएका छन्।
मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली कांग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताए।
‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली कांग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ। त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला,’ उनले भने।
फागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरु एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ।
पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरु बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए।












