Kathmandu Press

बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी

गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।
बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी

नवलपरासी, माघ १६ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।

बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन्।

Hardik ivf

चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए।

गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन्। 

२ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन्।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्