Kathmandu Press

सुजबुझ भएका नेता सबुज

आफ्नो क्षेत्रमा कुनै पनि विकासका पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्यका साथ सबुज बनियाँले इमान्दार मेहनत र कर्मलाई आफ्नो मूल मन्त्र बनाउँदै आएका छन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, चययवनबबच लगायतका आधारभूत आवश्यकता जनताले सजिलै पाउन सकून् भन्ने उनको निरन्तर प्रयास रहँदै आएको छ।
सुजबुझ भएका नेता सबुज

जलुपा मनोहर, दीपज्योति र विष्णुमती क्षेत्रका परिचित, अनुभवी तथा जनउत्तरदायी नेता हुन काठमाडौं क्षेत्र नम्वर ६ का उम्मेदवरा कृष्ण सवुज बाँनिया। शिक्षा, संगठन र पूर्वाधार विकासलाई सधैं प्राथमिकतामा राख्दै उनले स्थानीय तहदेखि जिल्लास्तरसम्म यस क्षेत्रको प्रभावकारी नेतृत्व प्रदान गर्दै आइका छन्।

शिक्षा क्षेत्रप्रतिको गहिरो प्रतिबद्धताका साथ उनले जलुपा मनोहर, दीपज्योति, विष्णुमतीका चारवटै विद्यालयको व्यवस्थापन समितिमा बसेर विद्यालय सुधार, व्यवस्थापन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। शिक्षामा लगानी नै दीर्घकालीन विकासको आधार हो भन्ने सोच उनको नेतृत्वको मूल मन्त्र हो।

उनको राजनीतिक यात्रा गाविस अध्यक्षबाट सुरु भएको हो। जनतासँग नजिक रहेर काम गर्ने यही अनुभवले उनलाई स्थानीय समस्या बुझ्ने, समाधान खोज्ने र कार्यान्वयन गर्ने सक्षम नेताका रूपमा स्थापित गर्‍यो।

Hardik ivf

२०५४ सालमा तत्कालिन गंगबु गाविसको अध्यक्ष निर्वाचित भई उहाँले स्थानीय शासन, विकास योजना र जनसेवामा उल्लेखनीय योगदान दिए। जनताको विश्वास र समर्थनको बलमा उहाँ काठमाडौं जिल्ला सभापति पदमा दुई पटक निर्वाचित भई सफल कार्यकाल सम्पन्न गर्न सफल भए। यस अवधिमा संगठन सुदृढीकरण, कार्यकर्ता एकता र जिल्लाको समग्र विकासका मुद्दालाई अगाडि बढाउन उनको भूमिका निर्णायक रह्यो।

हिजोसम्मको कार्यकालमा उनले आफ्नो क्षेत्रमा सडक, ढल, खानेपानी, शिक्षा, सामुदायिक भवन लगायत हरेक खालका पूर्वाधार विकासका कामहरूमा कुनै कसर बाँकी नराखी योगदान पुर्‍याएका छन्। योजनाबद्ध विकास, पारदर्शिता र जनसहभागितालाई प्राथमिकतामा राख्नु उनको कार्यशैलीको विशेषता हो।

अनुभव, इमानदारी र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण उहाँ आज पनि जनताको भरोसाको उम्मेदवार हुन्। भूतकालमा गरेको काम, वर्तमानमा देखाएको सक्रियता र भविष्यका लागि तयार पारिएको स्पष्ट विकास योजनासहित उनी समृद्ध, व्यवस्थित र आत्मनिर्भर क्षेत्र निर्माणको यात्रामा दृढताका साथ अघि बढिरहेका छन्।

sabuj-1769768833.jpg

परिवर्तनको यात्रामा सबुज

जसरी जेनजी पुस्ताले परिवर्तनका लागि विद्रोहको बाटो रोज्यो, त्यसरी नै पार्टीभित्र पनि समयअनुसार परिवर्तन आवश्यक छ भन्ने सोचका साथ सबुज बनियाँले पार्टीमा परिवर्तन ल्याउने अभियानमा महत्वपूर्ण भूमिका खेलेका हुन्। विद्रोहलाई नकारात्मक होइन, सुधार र रूपान्तरणको माध्यमका रूपमा बुझ्ने उनी सधैं परिवर्तन र विकासमा विश्वास राख्ने नेताका रूपमा परिचित छन्। यही विश्वासका साथ आज उनी क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर जनताको सेवामा उभिएका छन्।

पार्टीमा अहिलेसम्म पुर्‍याएको योगदानदेखि लिएर आफ्नो क्षेत्रको विकासलाई सँगै अघि बढाउने यात्रामा उनले करिब ४० वर्ष राजनीति मार्फत निरन्तर संघर्ष गरेका छन्। अनुभव, धैर्यता र समर्पणले भरिएको उनीको राजनीतिक जीवन सधैं जनताको पक्षमा केन्द्रित रहँदै आएको छ।

आफ्नो क्षेत्रमा कुनै पनि विकासका पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्यका साथ सबुज बनियाँले इमान्दार मेहनत र कर्मलाई आफ्नो मूल मन्त्र बनाउँदै आएका छन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, चययवनबबच लगायतका आधारभूत आवश्यकता जनताले सजिलै पाउन सकून् भन्ने उनको निरन्तर प्रयास रहँदै आएको छ।

अब जिम्मेवार स्थानमा पुगेपछि आफ्नो क्षेत्रका मानिसहरूको जीवनशैली कसरी उन्नत र सहज बनाउन सकिन्छ भन्ने विषयमा उनी अझ खुलेर, पारदर्शी रूपमा र मेहनतका साथ काम गर्ने दृढ संकल्पमा छन्। विकास केवल संरचनामा होइन, जनजीवनमा देखिनुपर्छ भन्ने विश्वासका साथ सबुज बनियाँ क्षेत्र नम्बर ६ को उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढिरहेका छन्।
 

प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्