Kathmandu Press

राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने

परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ।
राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने

काठमाडौं, माघ १६ : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएको छ।

परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ।

Hardik ivf

भ्रमणका क्रममा कुनै पनि द्विपक्षीय सम्झौता, सन्धि वा एमओयुमा हस्ताक्षर गर्ने तयारी भने नरहेको स्पष्ट गरिएको छ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता आपसी सम्मान, मित्रता र सहकार्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको छ।

जापान नेपालका प्रमुख विकास साझेदारमध्ये एक राष्ट्रका रूपमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको छ । दुवै देशबीच जनस्तरको सम्बन्ध पनि उत्तिकै सुमधुर रहँदै आएको छ।

राष्ट्रपति पौडेल फेब्रुअरी १ तारिख राति जापान प्रस्थान गर्नेछन् र २ तारिख टोकियो पुग्नेछन्। फेब्रुअरी २ मा जापानका विदेश राज्यमन्त्रीसँग शिष्टाचार भेट, जापानी व्यापारिक समुदायलाई सम्बोधन तथा ७०औँ वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिने औपचारिक स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। 

यस्तै, फेब्रुअरी ३ मा जापानका सम्राट नारुहितो तथा प्रधानमन्त्रीसँग राष्ट्रपति पौडेलले छुट्टाछुट्टै द्विपक्षीय भेटघाट गर्नेछन् भने सोही दिन साँझ टोकियोस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा उनले नेपाली तथा जापानी समुदायलाई सम्बोधन कार्यक्रम छ।

राष्ट्रपति पौडेल फेब्रुअरी ४ तारिकमा स्वदेश फर्किर्न कार्यक्रम तय गरिएको परराष्ट्र सचिव राईले जानकारी दिए। 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्