Kathmandu Press

हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्‍याउँदैन : गागन थापा

‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्‍याउँदैन,’ उनले भने।
हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्‍याउँदैन : गागन थापा

सर्लाही, माघ १६ : नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीले हिजोका कमी कमजोरी नदोहो¥याउने बताएका छन्। 

सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै उनले उनले अहिलेको कांग्रेससँग देश बदल्ने सोच भएको बताए। 

‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्‍याउँदैन,’ उनले भने। यसक्रममा भ्रष्टाचार, कुशासन अन्त्य गरेर वर्षौंसम्म गर्छु भनेर गर्न नसकेका कामहरू पूरा गर्ने उनले बताए।

हिजोका खराब कुरा मात्रै सबै छाडेको बताउँदै उनले नयाँ समयको नयाँ मागलाई हेर्ने बताए। अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको उनको भनाई छ।

अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको उनले बताए। 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्