Kathmandu Press

१४ जनामा आरडिटी पोजिटिभ देखिएपछि शंखरापुर सिल

काठमाडौं, जेठ ९ : कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि शंखरापुर नगरपालिका सिल गरिएको छ।

शुक्रबार १० बजे देखि लागु हुने गरी नगरपालिका ....

१४ जनामा आरडिटी पोजिटिभ देखिएपछि शंखरापुर सिल

काठमाडौं, जेठ ९ : कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि शंखरापुर नगरपालिका सिल गरिएको छ।

शुक्रबार १० बजे देखि लागु हुने गरी नगरपालिका भित्रिने तथा बाहिरीने सम्पूर्ण सीमा नाकाहरु अर्को सूचना जारी नभएसम्म पूर्णरुपमा सिल गरिएको नगरपालिकाले जनाएको छ।

शंकरापुरमा अग्रपंक्तीमा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकको आरडिटी परीक्षण गरिएको थियो। दुई सय  ९० जनाको आरडिटी परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएपछि आवश्यक सतर्कता अपनाउन सिल गरिएको जनाएको छ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर अस्पताल र सुष्मा कोइराला मेमोरियल हस्पिटलमा परीक्षण गरिएको थियो। आरडिटी पोजिटिभ आएका १४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको जनाएको छ।

 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्