सीके रावतसँगको सहमतिलाई गम्भीर रुपमा लिएका छौं : देउवा
म्याग्दी, फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके रावतसँग गरिएको सहम....
म्याग्दी, फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके रावतसँग गरिएको सहमतिलाई गम्भीर रुपमा लिएको बताएका छन ।
आईतबार नेपाल प्रेस यूनियन, म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति देउवाले सहमतिका विषयमा अध्ययन गर्न बाँकी रहेको बताए । स्वतन्त्र मधेशका लागि आन्दोलन गरिरहेका रावतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सराकात्मक भएकाे बताउँदै भने, 'दुई नम्बर बुँदालाई गम्भीर रुपमा लिएका छाै ।' देश टुक्रयाउने विषयमा जनमत संग्रहको विषय मान्य नहुँने बताउँदै उनले यस विषयमा अध्ययन गरेर बोल्ने बताए ।
सभापति देउालले कांग्रेस पार्टीको विधान अनुसार नै आफूले काम गरिरहेको बताए । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिइरहेको उनको भनाइ थियो ।
उनले महाधिवेशनका लागि वडाबाटै प्रतिनिधि निर्वाचित हुने व्यवस्थामा आफूलाई समस्या नभएको बताए ।






