Kathmandu Press

सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं, माघ १६ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।

Hardik ivf

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो। 

आज चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्