Kathmandu Press

अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित :ओली

उनले वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गराउँदै त्यही बलिदानबाट निरङ्कुश र जहानियाँ शासनविरुद्धको आन्दोलनको बीऊ रोपिएको उल्लेख गरेका छन्।
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित :ओली

काठमाडौं, माघ १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहिद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन्।

Hardik ivf

उनले वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गराउँदै त्यही बलिदानबाट निरङ्कुश र जहानियाँ शासनविरुद्धको आन्दोलनको बीऊ रोपिएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीका अनुसार कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो।

‘निरङ्कुश शासनको स्थानमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने ऐतिहासिक संघर्षको विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन्।

सहिदहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सने उल्लेख गर्दै ओलीले नेपालको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सधैं प्रतिबद्ध रहने पनि बताएका छन्।

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, माघ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्