Kathmandu Press

महिनामा दुई अर्बभन्दा बढी खर्च गर्न सक्ने अवस्था छैन, त्यसैले बिमाको भुक्तानीमा समस्या भयाे : स्वास्थ्यमन्त्री

‘खर्च असिमित हुँदै गयो। महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो। त्यो दिनसक्ने अवस्था छैन, त्यसकारण त्यहाँ कसरी हुन्छ, बिमालाई सुधार गर्नुपर्ने अवस्था छ, त्यो गर्दैछौं,’ उनले भनिन्।
महिनामा दुई अर्बभन्दा बढी खर्च गर्न सक्ने अवस्था छैन, त्यसैले बिमाको भुक्तानीमा समस्या भयाे : स्वास्थ्यमन्त्री

काठमाडौं, माघ १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बिमा कार्यक्रमका लागि महिनाको दुई अर्बभन्दा बढी रकम खर्च हुने स्थिति आएकाले भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताएकी छन्।

बिहीबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री गौतमले चालु आवमा बिमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बिमाका लागि बजेट नै नभएको बताइन्।

Hardik ivf

‘खर्च असिमित हुँदै गयो। महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो। त्यो दिनसक्ने अवस्था छैन, त्यसकारण त्यहाँ कसरी हुन्छ, बिमालाई सुधार गर्नुपर्ने अवस्था छ, त्यो गर्दैछौं,’ उनले भनिन्, ‘विगतमा हामीले के गरेछौँ भने जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेटभन्दा धेरै बढी बिमाको दाबी हुन थाल्यो, यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो। यो वर्षलाई बिमामा बजेट नै छैन,’ उनले भनिन्।

असिमित खर्च हुँदै गएकाले बिमाको रिफर्म जरुरी रहेको मन्त्री गौतमको भनाइ छ। बिमालाई सुधार गर्न जरुरी रहेको बताउँदै उनले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताइन्।

बिमाको रकम तत्काल भुक्तानी गराउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ। बिमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिए पनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बिमामा एकोहोरो बोझ परिरहेको उनको भनाइ छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, माघ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्