माधव नेपाल अस्पताल भर्ना
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि उनी बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिकमा लगेर भर्ना गरिएको हो।
काठमाडौं, माघ १५ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
नेता नेपाललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको छ।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि उनी बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिकमा लगेर भर्ना गरिएको हो।
शिक्षण अस्पतालमा क्याबिन नपाएपछि नेपाललाइ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उनलाई त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले उपचार गरिरहेका छन्।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेताहरू अस्पताल पुगेका थिए।
प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

