निर्वाचन आयोगले सोध्यो सिके राउतलाई स्पष्टीकरण
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राउतविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।-1703070434.jpg)
काठमाडौं, माघ १५ : निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्पष्टीकरण सोधेको छ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राउतविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
सप्तरी २ को सार्वजनिक स्थानमा निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको भन्दै उनीविरुद्ध आयोगमा उजुरी परेको छ।
सो उजुरीपछि आयोगले ३ दिनभित्र स्पष्टीकरण पेस भन्दै राउतलाई पत्र पठाएको छ।
प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1703070434.jpg)