शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न सुरु
शैलुङमा यो यस वर्षकै पहिलो हिमपात हो । हिउँले शैलुङ क्षेत्रका डडुवा, गौश्वारा लगायतका गाउँ र डाँडाहरू सेताम्मे भएका छन्। हिउँ परेसँगै शैलुङ क्षेत्र रमणीय भएको छ।
रामेछाप, माघ १५ : रामेछापको शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न थालेको छ।
शैलुङमा यो यस वर्षकै पहिलो हिमपात हो । हिउँले शैलुङ क्षेत्रका डडुवा, गौश्वारा लगायतका गाउँ र डाँडाहरू सेताम्मे भएका छन्। हिउँ परेसँगै शैलुङ क्षेत्र रमणीय भएको छ। शैलुङको खोलाखर्क, बागढुङ्गा लगायतका क्षेत्रमा हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताए।
हिउँ परेसँगै स्थानीय कृषकहरू पनि खुसी भएका छन् हिउँले माटोलाई उर्वर बनाउने तथा खेतबारीमा आवश्यक चिस्यान पुग्ने भएकोले उत्पादन बढ्ने किसानहरू बताउँछन्।
‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ,’ उनले भने।
आलु र तरकारी शैलुङ क्षेत्रको मुख्य उत्पादन हो । हिउँले आलु उत्पादनमा वृद्धि हुने किसानहरूको भनाइ छ।
हिमपातसँगै शैलुङमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय शैलुङ काठमाडौं र आसपासका क्षेत्रबाट घुम्न जाने आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।













![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
