Kathmandu Press

मनमोहन अस्पतालको भवन क्वारेन्टाइनमा परिणत

काठमाडौं, जेठ ९ : चन्द्रागिरी नगरपालिकाले मनमोहन अस्पतालका लागि निर्माण गरिएको भवनलाई क्वारेन्टाइन बनाएको छ।

दुई सय जनासम्म बस्न मिल्ने व्यव....

मनमोहन अस्पतालको भवन क्वारेन्टाइनमा परिणत

काठमाडौं, जेठ ९ : चन्द्रागिरी नगरपालिकाले मनमोहन अस्पतालका लागि निर्माण गरिएको भवनलाई क्वारेन्टाइन बनाएको छ।

दुई सय जनासम्म बस्न मिल्ने व्यवस्थासहित मनमोहन अस्पतालको भवनलाई क्वारेन्टाइनमा परिणत गरिएको नगरपालिकाले जनाएको छ। मनमोहन अस्पतालका लागि भवन निमार्ण गरिएको भएपनि सञ्चालनमा आएको थिएन।

तसर्थ लकडाउनको समयमा बाहिरी जिल्लाबाट मानिसहरु उपत्यका भित्रिन थालेपछि नगरपालिकाले आरडीटी परीक्षण गरी आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न सुरु गरेको हो। यसअघि वडाका स्कुल र पार्टी प्यालेसलाई पनि क्वारेन्टाइन बनाएको नगरपालिकाले जनाएको छ।

अस्पतालको भवनमा सुरुमा ४३ सय्या राखिएको छ। तत्कालका लागि दुई सय जनासम्मका राख्ने व्यवस्था मिलाइएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ।

चन्द्रागिरीका १५ वटा वडामा तथ्यांक संकलनसँगै १० वटा वडामा पिसिआर र आरडिटी परीक्षण गरिएको जनाएको छ। २५ जनामा आरडिटी पोजिटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखी पिसिआर परीक्षण गर्न लागिएको छ।

 

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्