Kathmandu Press

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

बुधबार बजारमा कुल ३३४ स्टकको कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड ३६ लाख १८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं, माघ १४ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ। कारोबार अवधिभर नेप्से ५.३८ अंकले अर्थात् ०.१९ प्रतिशतले उकालो लागेको हो।

बुधबार सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ।

Hardik ivf

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। बुधबार बजारमा कुल ३३४ स्टकको कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड ३६ लाख १८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।

आजको कारोबारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ। धेरै नाफा कमाउने तर्फ कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् यी दुई कम्पनीको शेयर आज १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। 

त्यस्तै, मिथिला लघुवित्त र पिपुल्स पावर कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

बुधबार कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि राधी विद्युत, एसवाइप्यानल र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएका छन्।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। 

कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्