Kathmandu Press

युक्रेनमा यात्रुवाहक रेलमा रुसको ड्रोन आक्रमण 

स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए। रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए
युक्रेनमा यात्रुवाहक रेलमा रुसको ड्रोन आक्रमण 

किभ, माघ १४ : रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा यात्रुवाहक रेलमा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा ५ जना मारिएका छन् भने केही व्यक्ति घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए। रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए। उक्त डिब्बामा १८ जना सवार रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यस घटनाको निन्दा गर्दै सर्वसाधारणमाथि भएको यस आक्रमणलाई ‘आतंकवाद’को संज्ञा दिएका छन्।

पछिल्ला दिनमा रुसले उर्जा तथा यातायत पूर्वाधारमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्