‘भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्छ’
‘हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यो प्रणाली गए रातिदेखि पश्चिमी भू–भागबाट नेपालका अन्य भू– भागहरु गण्डकी, लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा गराएको छ भने आज बिहानबाट बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको छ,’ उनले भनिन्।
काठमाडौं, माघ १४ : जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
उनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भू–भाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ।
आज बिहानबाट भने बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको मौसमविद् महर्जनले जानकारी दिइन्।
‘हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यो प्रणाली गए रातिदेखि पश्चिमी भू–भागबाट नेपालका अन्य भू– भागहरु गण्डकी, लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा गराएको छ भने आज बिहानबाट बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको छ,’ उनले भनिन्।
गएरातिको वर्षा विवरणअनुसार सुर्खेत जिल्लाको खानी खोला स्टेशनमा सबैभन्दा बढी ४२.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैगरी रुकुम पूर्वको शेरगाउँ स्टेशनमा ३७.८ मिलिमिटर र डडेलधुरामा २९ मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन्। यी प्रदेशका धेरै स्थानमा मध्यम खालको वर्षा भएको उनको भनाइ छ।
आगामी मौसमबारे जानकारी दिँदै मौसमविद् महर्जनले, ‘पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइन्।
‘अबको केही घण्टामा देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ उनले भनिन्।
उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
त्यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा, तथा कोशी प्रदेशकै तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसमको यो अवस्था आज साँझसम्म कायम रहनेछ। साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार आउने र भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने मौसमविद् महर्जनले जानकारी दिइन्।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
