Kathmandu Press

हिमपातले मगुमा सडक तथा हवाई सेवा बन्द

राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ।
हिमपातले मगुमा सडक तथा हवाई सेवा बन्द

मुगु, माघ १४ : लामो खडेरिपछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ।

राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ।

हिमपातपछि बालीनाली सप्रने आसामा किसानहरु खुशी भएका छन् भने अत्यधिक चिसोका कारण जनजिवन प्रभावित समेत भएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन्।

हिमपातका कारण हाल सम्म कुनै किसीमको क्षती नभएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन्।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्