Kathmandu Press

आत्मसमिक्षा गरेर एकतामा आउन विप्लवलाई प्रचण्डको आग्रह

‘राष्ट्र अप्ठेरोमा छ । राष्ट्र जोगाउन, आन्दोलन जोगाउन, जनताको चाहनाको सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प छैन । यो आजको ऐतिहासिक आवश्यकता हो । नेकपा पार्टी गठन कुनै आवेगमा गरिएको होइन,’ उनले भने।
आत्मसमिक्षा गरेर एकतामा आउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं, माघ १४ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् 

विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेकपामा समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता भएको बताए। 

Hardik ivf

उनले नेकपा गठन कुनै आवेगमा नभई देशको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसात् गर्दै गरिएको स्पष्ट पारे।

‘राष्ट्र अप्ठेरोमा छ । राष्ट्र जोगाउन, आन्दोलन जोगाउन, जनताको चाहनाको सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प छैन । यो आजको ऐतिहासिक आवश्यकता हो । नेकपा पार्टी गठन कुनै आवेगमा गरिएको होइन,’ उनले भने।

उनले विप्लव नेतृत्वले सम्भव भएसम्मका कम्युनिष्ट घटकहरूलाई एकतामा समेटेर शक्ति आर्जन गर्ने अवसर गुमाएको टिप्पणी गरे।

‘राष्ट्रको आजको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसाथ गरेर तमामा कम्युनिष्ट आन्दोलनका सम्भव भएसम्मका घटकहरुलाई एकता गरेर शक्ति आर्जन गर्ने अवसर विप्लव नेतृत्वले गुमाउनु भएको छ। विप्लव नेतृत्व ठूलो सम्मान पाउँदै हुनुहुन्थ्यो एकतामा,’उनले भने।

संयोजक दाहालले आफूहरूले विप्लवलाई विशेष महत्व दिएको बताउँदै जेनजी आन्दोलनपछि भने उनी बढी विचलित र भड्किएको आरोप लगाए। साथै, सँगै बसेको कमरेडको हैसियतले आत्मसमिक्षा गर्न आग्रह गर्दै दाहालले अझै सबै गुमिनसकेको बताए।


 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्