Kathmandu Press

बाजुरामा पुनःबाक्लो हिमपात, जनजीवन कष्टकर

बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा बर्षा र हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन्।
बाजुरामा पुनःबाक्लो हिमपात, जनजीवन कष्टकर

बाजुरा, माघ १४: बाजुरामा पुनः हिमपात भएको छ। गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो। पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो।

लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो। पुनःवर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन्।

बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा बर्षा र हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन्।

Hardik ivf

बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैन, सुनन्दा लगायतका अग्ला डाँडापाखा र हिमालहरु सेताम्ये बनेका छन्। वर्षासँगै हिमापात भएपछि सुक्न लागेको गहुँ बालीलाई थप राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

photo-3_e1002e56-1769579341.jpg

पुनः वर्षासँगै हिमपात हुँदा हिउँदे बालीनालीलाई थप राहत मिलेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताए। वर्षासँगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने सहानीले बताए।

गहुँ बालीसँगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको उनको भनाई छ। बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्र अहिले हिउँको घुम्टोमा सजिएको छ। अत्याधिक वर्षा र हिमपात भए पछि वन्यजन्तु समेत चिसोले तलतिर झरेका छन्।

वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्ने भएको छ। हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तुहरु बेसी झर्न थालेपछि स्थानीयहरुले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ। वन्यजन्तुको चोरी, सिकारी नगर्न हुन समेत आग्रह गरिएको छ।

photo-2_3e1998fc-1769579341.jpg

बाक्लो हिमपातका कारण बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको छ। बाजुराको पोरखेलेकमा अत्याधिक हिउँ जमेकोले यस सडकखण्डमा चल्ने सवारीसाधन ठप्प बनेका हुन्। हिजो राती देखि सुरु भएको वर्षा र हिमपात अहिलेसम्म जारी छ। हिमपातका कारण विद्युत र टेलिफोन सेवा समेत प्रभावित बनेको छ।

प्रकाशित मिति: ०८:३४ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्