Kathmandu Press

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको मृत्यु 

महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको मृत्यु 

नयाँ दिल्ली, माघ १४ : भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। 

महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

पावर सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए।

दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार रहेको र जसमा विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक रहेको बताइएको छ।

उपमुख्यमन्त्रीसहित ६ जनाको शव अस्पतालमा ल्याइएको बताइएको छ। 
 
प्रकाशित मिति: ११:३० बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्