Kathmandu Press

जमलमा दुर्घटना हुँदा चार जना घाइते

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र बाँकी तीन जनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो।
जमलमा दुर्घटना हुँदा चार जना घाइते

काठमाडौं, माघ १३ : काठमाडौँ महानगरपालिका–२७ जमलमा भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परी बा प्र ०२–०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौँ सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ मोटरसाइकिल चालक काठमाडौँ बस्ने २६ वर्षीय विनोद प्रधान, पछाडि सवार यात्री रुकुम मुसिकोट घर भई हाल भक्तपुरा ठिमी बस्ने ३६ वर्षीया सुनिता वली, बा३५प ९१४४ मोटरसाइकल चालक काठमाडौँ बूढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल, पछाडी सवार सिन्धुली मरिङ गाउँपालिका–७ की ३१ वर्षीया इशु तामाङ घाइते भएका छन्।

Hardik ivf

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र बाँकी तीन जनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो।

आज जमलको एल्लो प्यागोडास्थित सडकखण्डमा केशरमहलदेखि जमलतर्फ जाँदै गरेका बा प्र ०१–०२८ च ४५१२ नम्बरको कुरियर डेलिभरी भ्यान, बा प्र ०२–०५६ प ३९६७ नम्बरको इभी स्कुटर र सोहि विपरित दिशातर्फ जादै गरेका बा३५प ९१४४ मोटरसाइकिल, बा प्र ०२–०३१ प ३०७९ नम्बरको मोटरसाइकिल र बा।प्र।०१–००४ क ५३८१ नम्बरको निजि इभी हाइस आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१:०६ बजे, मंगलबार, माघ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्