प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई माघ २० गते मात्रै
संसद् पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेस, एमाले र अन्य दलहरुले सर्वोच्चमा रिट दायर गरेका थिए। कानुन व्यसायीहरुसमेत गरेर संसद् पुनर्स्थापनाको माग गर्दै १६ वटा रिट सर्वोच्चमा परेको छ।
काठमाडौं, माघ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई माघ २० गतेपछि मात्रै हुने भएको छ।
सर्वोच्च अदालते मंगलबार माघ २० गतेका लागि रिट निवेदकलाई साधारण तारिख दिएको छ। यो मुद्दा अब माघ २० पछि मात्र प्रक्रिया अनुसार नै सुनुवाई हुने बताइएको छ।
संसद् पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेस, एमाले र अन्य दलहरुले सर्वोच्चमा रिट दायर गरेका थिए। कानुन व्यसायीहरुसमेत गरेर संसद् पुनर्स्थापनाको माग गर्दै १६ वटा रिट सर्वोच्चमा परेको छ।
फागुन २१ गते हुने आमनिर्वाचन रोक्न माग राख्दै पूरक निवेदन दर्ता भएका यो निवेदनको सुनुवाइ भएपछि मात्र संसद् विघटनको मुद्दाको सुनुवाइ सुरु हुने सर्वोच्चले जनाएको छ।
संसद् पुनर्स्थापनाको मागसहितको रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग, प्रतिनिधिसभा संसद् सचिवालयसहितको लिखित जवाफ पेस भइसकेको छ।