Kathmandu Press

मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा राष्ट्रिय सभा सदस्यको चिन्ता

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन्।
मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा राष्ट्रिय सभा सदस्यको चिन्ता

काठमाडौं, माघ १३ : राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन्।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन्।

Hardik ivf

जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ।

‘सर्लाहीको मलङगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ। दुई महिनादेखि १४वर्षका वालवालिका प्रभावित भइरहेको छन्,’ उनले भनिन्, ‘तर त्यो प्रयाप्त छैन। रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरोध गर्न चाहन्छु।’

रोग फैलिँदै गइरहेकाले अन्य पालिकामा समेत सर्न सक्ने जोखिम रहेको उल्लेख गर्दै दाहालले जनचेतना अभिवृद्धि र स्वास्थ्य सरसफाइ अभियानमार्फत स्थानीय तहले थप पहल गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, माघ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्