Kathmandu Press

तिंकर सडक निर्माण गर्न घाँटीबगर पुग्यो सैनिक टोली

काठमाडौं, जेठ ९ : महाकाली करिडोर (दार्चुला तिंकर सड़क योजना)अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमि सडकखण्ड निर्माणका लागि नेपाली सेनाको टोली घाँटीबगर पुगेको....

तिंकर सडक निर्माण गर्न घाँटीबगर पुग्यो सैनिक टोली

काठमाडौं, जेठ ९ : महाकाली करिडोर (दार्चुला तिंकर सड़क योजना)अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमि सडकखण्ड निर्माणका लागि नेपाली सेनाको टोली घाँटीबगर पुगेको छ।

सेनाले दार्चुलाको ब्यास गाउँपालिका२ स्थित घाँटीबगरबाट सडक निर्माण सुरु गर्नेछ। मन्त्रिपरिषदको वैशाख १४ गतेको बैठकले सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो।

सेनाले सडक निर्माणको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीका सामग्री पनि पठाइसकेको छ। घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ। साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तका निम्ति आवश्यक फौज उपकरण एवं अन्य सामग्रीहरुसहितको टोली पनि पठाउने सेनाले जनाएको छ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका १ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ परिवारमा एक हजार दुई सय जना छन्। व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले उनीहरु सदरमुकाम खलङ्गा आवतजावत बन्द भएको छ। आवतजावत जसले गर्दा उनीहरू अहिले भारतको बाटो भएर सदरमुकाम आवतजावत गर्दै आएका छन्।

त्यति ठाउँको पहिरो हटाइ बाटो खुलाउन पनि सेना तैनाथ भएको छ। ४५० मिटर सडक सुचारु भए पश्चात स्थानीयले नेपालकै भूमी प्रयोग गरी आवतजावत गर्न सक्ने सेनाले जनाएको छ।

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्