Kathmandu Press

तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ : डा भट्टराई

काठमाडौं, जेठ ९ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। आफुले फर....

तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ : डा भट्टराई

काठमाडौं, जेठ ९ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। आफुले फरक सन्दर्भमा बोलेको कुरालाई फरक आसय लिएर आलोचना भएको भन्दै उनले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको बताएका छन्।

'मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो। साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारतलगायत सबै देशका शासकको सन्दर्भमा हो' उनले भने, 'हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो।'

उनले नेपाल९भारत सीमाविवादमा सबै पार्टी र नेता एक भएको बताए। 'जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं। अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ।'

'त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्नु,' उनले भने।

उनले बिहीबार नेपाल उद्योग परिसंघले गरेको सेमिनारमा उनले प्रस्तुत गरेको विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो।

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्