Kathmandu Press

नेपाल बीमा प्राधिकरण अध्यक्षमा चन्द्रकला पौडेल

सोमबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पौडेललाई दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
नेपाल बीमा प्राधिकरण अध्यक्षमा चन्द्रकला पौडेल

काठमाडौं, माघ १२ : सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ। 

सोमबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पौडेललाई दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ,’ उनले भने।
 
प्रकाशित मिति: १७:५४ बजे, सोमबार, माघ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्