कोरोनाबाट भारतमा ३४ हजारको मृत्यु हुने प्रक्षेपण
काठमाडौं, जेठ ९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट आगामी दुई महीनामा ३४ हजारभन्दा बढीको मृत्यु हुने प्रक्षेपण गरिएको छ।
अमेरिकाको मेरिल्यान्....

काठमाडौं, जेठ ९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट आगामी दुई महीनामा ३४ हजारभन्दा बढीको मृत्यु हुने प्रक्षेपण गरिएको छ।
अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयका सरुवारोग विशेषज्ञ डा.फहिम यूनुसले भारत र पाकिस्तानमा कोरोनाबाट मर्नेको संख्या बढ्ने प्रक्षेपण गरेका हुन्। उनका अनुसार, आगामी दुई महीनामा भारत र पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा कयौं गुणा बढी हुनेछ।
अझै दुई महीना भारत र पाकिस्तानमा कोरोना भाइरसको संक्रमण कम नहुने उनको भनाइ छ। डा.यूनुसले अगस्त ४ गतेसम्म भारत र पाकिस्तानमा बढ्ने संक्रमित र मृतकको संख्या अनुमान गरेका हुन्।
शुक्रबारसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १८ हजार पाँच सय एक रहेको छ। जसमध्ये तीन हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ।
विशेषज्ञ डा.यूनुसले भारतमा कोरोनाको महामारी अगस्तसम्म यथावत रहनेछ। उनले गरेको प्रक्षेपण अनुसार, अगस्त ४ सम्म भारतमा ३४ हजार एक सय ५५ जनाको मृत्यु हुनेछ।
Big surge coming for India and Pakistan. Cases and deaths projected to increase manifold by Aug 4. See attached
— Faheem Younus, MD (@FaheemYounus) May 22, 2020
Some politicians/people may hate the other side but the virus “loves” both countries, equally
The projection may be false; but the lesson will be true. #LoveForAllpic.twitter.com/WQMaE5TMNW
त्यस्तै, उनले पाकिस्तानमा पनि अगस्त ४ सम्म मृत्यु हुनेको संख्या पाँच हजार तनि सय ३२ पुग्ने जनाएका छन्। अहिले पाकिस्तानमा कोरोनाबाट एक हजार ६७ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। शुक्रबारसम्म ५० हजार ६ सय ९४ जनामा कोरोना देखिएको छ।
अहिलेसम्म संसारभर कोरोना संक्रमितको संख्या ५१ लाख ९९ हजार १६ पुगेको छ। जसमध्ये तीन लाख ३४ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ।
अहिलेसम्म २० लाख ८५ हजार २४ जना निको भएका छन्। अझै २७ लाख ७९ हजार दुई ९४ जनाको उपचार भइरहेको छ।
शुक्रबारसम्म नेपालमा चार सय ८७ जनामा कोरोना देखिएको छ। जसमध्ये तीन जनाको मृत्यु भएको छ। त्यस्तै, ४९ जना निको भएर घर फर्केका छन्।











