Kathmandu Press

जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला : कुलमान

प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो विवादास्पद पार्टीसँग सहकार्य नगर्न सुझाएका छन्।
जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला : कुलमान

काठमाडौं, माघ १२ : उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन्। आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए।

अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे। नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे।

Hardik ivf

प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो विवादास्पद पार्टीसँग सहकार्य नगर्न सुझाएका छन्।

पार्टी स्थापनाको २ महिनामा नै पार्टीले गति लिई सकेको हुनाले एउटा वैकल्पिक शक्ति निर्माणका लागि मेची महाकाली यात्रा गर्न र इमानदारी पूर्वक सक्रिय भएर लाग्न सुझाव दिएका छन्। मिटिङमा प्रचलित विश्वविद्यालय हार्वर्ड, एमआइटी लगायत युनिभर्सिटीमा कार्यरत प्रोफेसर तथा विद्धानहरू तथा स्थापित व्यवसायीहरू सहभागी थिए।

सहभागीहरूले पार्टीलाई स्थापित गर्न र नेपाली भूमिलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहेको बताएका थिए। उनीहरूले चुनावमा ठुलो मात्रामा आर्थिक खर्च लाग्ने भए पनि विवादित र भ्रष्टहरूसँग चन्दा नलिन पनि सुझाव दिएका छन्।

मिटिङबाट भगवान श्रेष्ठको संयोजकत्वमा उज्यालो नेपाल प्रवास समिति बेलायत घोषणा भएको छ। जसमा प्रज्वल र पुष्कल श्रेष्ठ लगायत सदस्य छन्। यही अन्य सहभागीले प्रवासमा रहेका नेपालीहरूलाई समेटेर जानको लागि इच्छादेखाउँदा युरोपेली देश र अमेरिकामा पनि प्रवास कमिटी गठन गर्ने तयारी गरिरहेको उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले जानकारी गराए।

अमेरिकामा रहेका डा.विष्णु जोशी र बेलायतमा रहेका एलएन पाण्डेले उज्यालो नेपालसँगको जुम मिटिङको संयोजन गरेका हुन्। मिटिङमा अमेरिकाबाट डा। विष्णु जोशी, डा.रञ्जन मिश्र, डा.सुदिप पंगेनी, प्रजल ढकाल, प्राध्यापक गोपी उप्रेती, कुमार सिंह डाँगी, गोविन्द न्यौपाने, एपी लामा शेर्पा सहभागी थिए।

त्यस्तै बेलायतबाट भगीरथ योगी, एलएन पाण्डे, भगवान श्रेष्ठ, प्रज्वल, पुष्कल श्रेष्ठ सहभागी थिए। त्यस्तै जापानबाट रमेश थापा, उज्यालो नेपालबाट अध्यक्ष घिसिङ, डा। राजु पाण्डे, डा. महेन्द्र लावती, अनुप उपाध्याय, केदार खड्का सहभागी थिए।

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, माघ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्