Kathmandu Press

रविको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चाको आदेश

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 
रविको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चाको आदेश

काठमाडौं, माघ ११ : रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 

Hardik ivf

सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण कागज फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान मातहत सरकारी वकिललाई निर्देशन दिइएको जिकिर गरेकी थिइन्। 

महान्यायाधिवक्ता कार्यालयले मुद्दा संशोधनका लागि गरेको निर्णय अवैध रहेको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र कानुनका विद्यार्थी आयुष बडाललगायतलेस सर्वोच्चमा रिट दिएका थिए। 

अब यो विवादमा महान्यायाधिवक्ताबाट थप कागज प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे टुंगो लाग्ने छ। 

यसअघि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्तासँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा डाकेको थियो। 

प्रकाशित मिति: २१:०३ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्