Kathmandu Press

पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

काठमाडौं, जेठ ९ : स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। कोरोना संक्रमणको शंका लागेर आइसोलेसनमा राख....

पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

काठमाडौं, जेठ ९ : स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। कोरोना संक्रमणको शंका लागेर आइसोलेसनमा राखिएको बिरामीको कोरोनाको कारण मृत्यु नभएको अस्पतालले जनाएको छ। 

अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएपनि उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।

पाटन अस्पतालको आइसोलेसनमा कोरोनाको शंकामा हाल १२ जना उपचाररत छन्।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्